२०८२ माघ १४ गते बुधवार
काठमाडौं । पार्टी पुनर्मिलनका लागि आधार तय गर्न बनेको एमाले कार्यदलको पहिलो बैठक दिउँसो तीन बजे बस्ने भएको छ ।
संस्थापन पक्षतर्फका कार्यदल संयोजक सुवास नेम्वाङले बैठक दिउँसो तीन बजे बस्न लागेको जानकारी दिए । ‘सबैसँग हाइ-हेलो गर्दै दिउँसो तीन बजे बैठक बस्ने कुरा भएको छ,’ उनले भने ।
कार्यदलमा सबै सदस्य उपस्थित हुने या नहुनेबारे भने केही खुलेको छैन । कायर्दल सदस्य शंकर पोखरेल दाङ गएका छन् भने अर्का संयोजक भीम रावल आँखामा समस्या भएका कारण आराम गरिरहेका छन् । नेम्वाङले भने, ‘को-को सदस्य उपस्थित हुनुहुन्छ, त्यो अझै तय भएको छैन ।’
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको सहमति अनुसार दुवै पक्षबाट पाँच-पाँच जना सदस्य रहेको वार्ता टोली गठन भएको थियो । वार्ता टोलीलाई २०७५ जेठ २ को आधारमा रहेर सहमति खोज्ने जिम्मेवारी दिइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij