Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

बैंकको मुद्धति निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण

बैंकको मुद्धति निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण


  • 813
    Shares

    • images
    बैंकको मुद्धति निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । प्राधिकरणले विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

    बोलपत्र पेस गर्दा बैंकहरुले मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा नोक्सानको अवस्था, बैंकको निष्कृय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपात, बैंक स्थापना भएको वर्ष, पूँजी पर्याप्तता कोष खुल्ने गरी प्रस्ताव पेश गर्न आह्वान गरेको छ । 

    इच्छुक बैंकहरुले आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी पुस २१ को सात दिनभित्र सिलबन्दी भाउपत्र पेश गर्न आह्वान गरेको छ । पेश हुन आएको सिलवन्दी दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्ने प्राधिकरणले जनाएको छ । 

     

    प्रकाशित मिति :पौष २२ २०८२ मंगलवार - ११:५७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij