Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

दोस्रो राष्ट्रिय आर्थिक गणना गरिँदै, चैतदेखि असारसम्म देशैभर तथ्याङ्क सङ्कलन गरिने

दोस्रो राष्ट्रिय आर्थिक गणना गरिँदै, चैतदेखि असारसम्म देशैभर तथ्याङ्क सङ्कलन गरिने


  • 981
    Shares

    दोस्रो राष्ट्रिय आर्थिक गणना गरिँदै, चैतदेखि असारसम्म देशैभर तथ्याङ्क सङ्कलन गरिने

    काठमाडौं । देशको समग्र आर्थिक अवस्थाको तथ्याङ्कीय माध्यमबाट यथार्थ चित्र प्राप्त गर्न सरकारले दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ सञ्चालन गर्ने भएको छ ।

    राष्ट्रिय आर्थिक गणना, २०८२ को कार्यतालिका, लोगो र नारा सार्वजनिक गर्न सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयले आगामी वर्षको असारसम्म तथ्याङ्क सङ्कलन सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी गराएको हो । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नाराका साथ जिल्लास्तरमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी २०८२ चैत १ देखि २०८३ असार मसान्तसम्म देशैभर तथ्याङ्क सङ्कलन सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

    कार्यालयका प्रवक्ता तथा उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डिराज लामिछानेका अनुसार गणनाबाट प्राप्त विवरणका आधारमा आर्थिक वर्ष २०८३\८४ को सुरु अवधिदेखि नै यसका नतिजाहरू क्रमशः सार्वजनिक गरिने छ । उनका अनुसार यो गणना मुलुकको आर्थिक नीति, योजना तथा विकास रणनीति निर्माणका लागि आधारभूत र भरपर्दो तथ्याङ्क उपलब्ध गराउने महत्त्वपूर्ण कार्यका रूपमा रहेको छ ।

    राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी-सार्वजनिक संस्थाहरूको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलन गरिने मूल उद्देश्य लिइएको तथ्याङ्क अधिकारी लामिछानेको भनाइ छ ।  गणनाको उद्देश्य र महत्त्वबारे प्रकाश पार्दै प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेलले आर्थिक तथ्याङ्कको संस्थागत मजबुत आधार निर्माणमा यो गणनाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

    यस गणनाका आधारमा देशको कुल गार्हस्थ्य उत्पादनका अनुमानहरू सुदृढीकरण गर्ने, राष्ट्रिय लेखाका आधार वर्ष परिवर्तन गर्न आवश्यक तथ्याङ्क उत्पादन गर्ने र सरकारले तय गर्ने नीतिनिर्माण र योजना तर्जुमा गर्न तथा नीतिमार्फत लिएका लक्ष्यहरूको मापनमा सहयोग गर्ने अन्य उद्देश्य रहेका छन् ।

    देशको अर्थतन्त्रको आकार तय गर्ने प्रयोजनका लागि समग्र आर्थिक क्रियाकलापहरूलाई अन्तरराष्ट्रिय औद्योगिक वर्गीकरणअनुसार २१ भागमा विभाजन गरी ती क्षेत्रले अर्थतन्त्रमा पुर्‍याएको योगदान मापन हुँदै आएको छ ।

    गणनामा देशैभर रहेका दर्ता भएकारनभएका ठूला वा साना व्यापाररप्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार मात्रै भएका, उद्योग, कलकारखाना, व्यापार-व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताल आदि आर्थिक क्रियाकलाप गरिरहेका एकाइमा गणना सञ्चालन गरिनेछ ।

    यसका साथै २०८३ को असार मसान्तसम्ममा सबै कार्यालयहरू बन्द गरिनेछ । गणनाका लागि मुख्य प्रश्नावली, अधिकृत पुस्तिका, गणना पुस्तिका लगायतका गणना सामग्री निर्माणको कार्यलाई सञ्चालन गरिएको छ । आगामी चैत ३० गतेसम्म विभिन्न चरणमा गरी मुख्य प्रशिक्षक तालिम, अधिकृत तालिम र सुपरिवेक्षक तथा गणक कर्मचारीको तालिम सम्पन्न गरिनेछ ।

    यस लगत्तै तथ्याङ्क सङ्कलनका लागि २०८३ वैशाख २ देखि असार ७ गतेसम्म तालिम प्राप्त गणक तथा सुपरिवेक्षकहरू स्थलगत रूपमा खटिनेछन् ।

     

     

    प्रकाशित मिति :पौष २२ २०८२ मंगलवार - १०:३९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij