Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

महालक्ष्मी विकास बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न, राजेश उपाध्याय पुनः अध्यक्षमा निर्वाचित

महालक्ष्मी विकास बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न, राजेश उपाध्याय पुनः अध्यक्षमा निर्वाचित


  • 953
    Shares

    • images
    महालक्ष्मी विकास बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न, राजेश उपाध्याय पुनः अध्यक्षमा निर्वाचित

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ ।

    बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १०.३७ प्रतिशत लाभांश पारित गरेको हो ।सभाले आर्थिक वर्ष २०८१\८२ को मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । 

    बैंकले अघिल्लो वर्ष ७ प्रतिशत लाभांश वितरण गरेको थियो । साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा अन्य वित्तीय विवरणहरू समेत सर्वसम्मतिले स्वीकृत गरेको छ ।

    बैंकको वित्तीय परिसूचकहरूमा यस वर्ष उल्लेख्य सुधार देखिएको छ । अघिल्लो वर्ष ९.३९ प्रतिशत रहेको आधार दर घटेर ६.९४ प्रतिशतमा झरेको छ भने पुँजीकोष पर्याप्तता अनुपात १४.९३ बाट बढेर १७.०६ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८१\८२ को अन्त्यसम्ममा बैंकको निक्षेप ५६\२२ अर्ब र कर्जा लगानी ४७\२१ अर्ब रुपैयाँ रहेको जानकारी दिइएको छ । 

    साधारण सभाले आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समितिको समेत निर्वाचन गरेको छ । संस्थापक समूहबाट राजेश उपाध्याय, सञ्जय गिरि र सागर मल्ल निर्वाचित भएका छन् भने सर्वसाधारण समूहबाट श्याम सुन्दर रुंगटा, राहुल अग्रवाल र शालिक राम अर्याल सञ्चालक बनेका छन् । 

    नवनिर्वाचित समितिको पहिलो बैठकले राजेश उपाध्यायलाई पुनः अध्यक्ष पदमा चयन गरेको छ । अध्यक्ष उपाध्यायले सेयरधनीहरूको सुझावलाई आत्मसात गर्दै आगामी दिनमा अझ गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  ।

    प्रकाशित मिति :पौष २२ २०८२ मंगलवार - १०:२४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij