२०८२ पौष १७ गते बिहिवार
काठमाडौं । अटो व्यवसायीहरूको संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन् ।
नाडाको आगामी पुस २५ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिने अन्तिम समयसम्म उप्रेतीको मात्रै उम्मेदवारी परेको थियो ।
अन्तिमसम्म उनको मात्रै उम्मेदवारी परेपछि सो संस्थाको अध्यक्षमा उप्रेती निर्विरोध निर्वाचित भएका छन् । उप्रेती यसअघि नाडाका महासचिव थिए । उनी स्पेयर पार्टस व्यवसायी हुन्।
सदस्यमा १७ जना आवश्यक रहेकोमा १८ जनाको उम्मेदवारी परेको छ । एक जनाको मात्रै उम्मेदवारी बढी परेकाले मिलाउने प्रयास भइरहेको नाडाले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij