२०८२ पौष १६ गते बुधवार
काठमाडौं । साताको चौथो कारोकारको दिन बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको छ ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ६२ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।
साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १२० रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा ४४ सय ७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४५ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij