२०८२ मंसिर २४ गते बुधवार
काठमाडौं । इन्डोनेसियाको सेन्ट्रल जकार्तास्थित ड्रोन कम्पनी 'टेरा ड्रोन' को कम्पनीमा मङ्गलबार आगलागी हुँदा २० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
ड्रोन कम्पनीको भवनमा ब्याट्रीमा विस्फोट भएर आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको जनाएको छ। हालसम्म ५ पुरुष र १५ जना महिला गरी २० जना पीडितको उद्धार गरिएको छ।
गम्भीर रूपमा जलेको अवस्थामा उनीहरूको शवलाई झोलामा राखेर थप पहिचानका लागि एम्बुलेन्सद्वारा पूर्वी जकार्ताको प्रहरी अस्पतालमा पठाइएको थियो।
सहरका अग्निनियन्त्रक टोलीहरूले विशेष निगरानीका साथ भवनमा खोजी कार्य जारी राखेको जनाएका छन्। उद्धारकर्मीहरूले आगलागीपछि भवनको माथिल्लो तलामा फसेका जीवित मानिसहरूलाई सिँढीको माध्यमबाट उद्धार गरेका थिए भने आगो नियन्त्रणमा लिन दर्जनौँ कर्मचारी र फायर इन्जिनहरू तैनाथ गरिएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij