Logo

२०८२ चैत्र ३० गते सोमवार

२०८२ चैत्र ३० गते सोमवार

'स्ट्रेट अफ होर्मुज' मा अमेरिकी नाकाबन्दी आजदेखि सुरु हुँदै

'स्ट्रेट अफ होर्मुज' मा अमेरिकी नाकाबन्दी आजदेखि सुरु हुँदै


  • 897
    Shares

    'स्ट्रेट अफ होर्मुज' मा अमेरिकी नाकाबन्दी आजदेखि सुरु हुँदै

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको कूटनीतिक प्रयास असफल भएपछि आफ्नो अडान थप कठोर बनाएका छन्। इस्लामावादमा भएको म्याराथन शान्ति वार्ता बिना निष्कर्ष टुङ्गिएपछि ट्रम्पले इरान वार्ताको मेचमा फर्किए वा नफर्किए पनि आफूलाई कुनै 'परवाह' नभएको बताएको छन् । 

     जोइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भने, "इरान वार्तामा फर्किए पनि ठिक छ, नफर्किए पनि मलाई कुनै मतलब छैन।" उनले इरानले आफ्नो "आणविक महत्वाकांक्षा" नत्यागेका कारण पाकिस्तानमा भएको वार्ता असफल भएको दाबी गरे। ट्रम्पको यो अभिव्यक्तिले अमेरिका अब कूटनीतिभन्दा पनि सैन्य दबाब र आर्थिक नाकाबन्दीको रणनीतिमा केन्द्रित भएको स्पष्ट पारेको छ।

     अमेरिकी सेनाले सोमबार नेपाली समय अनुसार आज रातिदेखि इरानी बन्दरगाहहरूमा पूर्ण नाकाबन्दी सुरु गर्ने तयारी गरेको छ। 'स्ट्रेट अफ होर्मुज' भएर इरानी बन्दरगाहमा प्रवेश गर्ने वा त्यहाँबाट बाहिर निस्कने सबै जहाजहरूलाई अमेरिकी नौसेनाले रोक्नेछ।

    ट्रम्पले इरानलाई 'अवैध शुल्क' बुझाउने कुनै पनि जहाजले अन्तर्राष्ट्रिय समुद्रमा सुरक्षित यात्रा गर्न नपाउने चेतावनी दिएका छन्। अमेरिकाले अन्य देशका बन्दरगाहमा जाने जहाजहरूलाई भने अवरोध नगर्ने स्पष्ट पारेको छ।

     अमेरिकी कदमको प्रतिक्रिया दिँदै इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले इरान धम्कीको अगाडि आत्मसमर्पण नगर्ने बताएका छन्। इरानी विदेशमन्त्रीले दुवै पक्ष सम्झौताको निकै नजिक पुगेको भए पनि अन्तिम समयमा अमेरिकाले सर्तहरू फेरेका कारण वार्ता भाँडिएको आरोप लगाएका छन्। इरानी रिभोलुसनरी गार्ड (IRGC) ले 'स्ट्रेट अफ होर्मुज' मा आउने कुनै पनि सैन्य जहाजलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।

     विश्वको कुल तेल आपूर्तिको २० प्रतिशत हिस्सा ओगट्ने यो मार्गमा हुने अवरोधले विश्वभर इन्धन अभाव र महँगी बढ्ने जोखिम बढाएको छ।

    images
    प्रकाशित मिति :चैत्र ३० २०८२ सोमवार - १०:४८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij