Logo

२०८३ बैशाख २ गते बुधवार

२०८३ बैशाख २ गते बुधवार

हिन्द महासागरमा प्रवासी सवार डुंगा दुर्घटना, २५० जना बेपत्ता

हिन्द महासागरमा प्रवासी सवार डुंगा दुर्घटना, २५० जना बेपत्ता


  • 274
    Shares

    हिन्द महासागरमा प्रवासी सवार डुंगा दुर्घटना, २५० जना बेपत्ता

    काठमाडौं । बंगलादेशबाट मेलिसिया जाँदै गरेको डुंगा हिन्द महासागरको पूर्वी किनारमा पर्ने अण्डमान सागरमा दुर्घटना हुँदा २५० जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्र संघको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार अण्डमान सागरमा डुंगा दुर्घटना हुँदा २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक वेपत्ता भएका हुन् ।

    बीबीसीमा प्रकाशित समाचारअनुसार दुर्घटनामा परेको माछा मार्न प्रयोग हुने उक्त डुंगा बंगलादेशबाट मलेशियातर्फ जाँदै थियो । तीव्र गतिको हावा, खराब समुद्री अवस्था र क्षमताभन्दा बढी मानिसहरू सवार रहेका कारण डुंगा समुद्रमा डुबेको समाचारमा उल्लेख छ । बंगलादेश कोस्ट गार्डले समाचार एजेन्सी एएफपीलाई ९ अप्रिलमा उनीहरूको एक जहाजले डुंगा दुर्घटनामा परेका नौ जनाको उद्दार गरेको थियो ।

    उक्त डुंगा कहिले दुर्घटनामा परेको भन्ने बारे स्पष्ट नभएको बीबीसीमा उल्लेख छ । बहुसंख्यक बौद्ध धर्मावलम्बी रहेको म्यानमारमा रोहिङ्ग्या मुसलमानलाई नागरिकता दिइँदैन । बांगलादेशको खराब अवस्थाका कारण कयौं रोहिङ्ग्या जोखिमयुक्त समुद्री यात्रा गरेर मलेशिया जाने गरेका छन् ।

    बंगलादेश कोस्ट गार्डको जहाजले उद्दार गरेका मध्येका एक रफिकुल इस्लामले उद्दार हुनुअघि आफूले झण्डै ३६ घण्टासम्म समुद्रमा तैरिनु परेको बताएका छन् । मलेशियामा नोकरी मिल्ने भनिएपछि आफूले जोखिमयुक्त यात्रा गरेको ४० वर्षीय इस्लामको भनाइ छ ।

    images
    प्रकाशित मिति :बैशाख २ २०८३ बुधवार - १०:३५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij