२०८२ चैत्र २९ गते आइतवार
साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी ठहर भएका सात जनालाई मृत्युदण्ड दिएका छन्।
पाँच साउदी र जोर्डनका दुई नागरिकलाई प्रतिबन्धित ‘एम्फेटामाइन’ चक्की ओसारपसार गरेको अभियोगमा दोषी ठहर गरेको साउदी प्रेस एजेन्सीले अधिकारीहरूलाई उद्धृत गरी जनाएको छ ।
“अपराधीहरूलाई विवेकपूर्ण सजायको रूपमा म आइतवार रियादमा मृत्युदण्ड दिइएको थियो,” साउदी प्रेस एजेन्सीले लेखेको छ।
साउदी अरबको सरकारी तथ्याङ्कमा आधारित एएफपीको तथ्याङ्कअनुसार सन् २०२६ को सुरुदेखि रियादले मृत्युदण्ड दिएका ६१ जनामध्ये लागुऔषधसँग सम्बन्धित मुद्दामा ३८ जनालाई मृत्युदण्ड दिएको छ ।
यस वर्ष मृत्युदण्ड दिइनेमध्ये ३३ जना अर्थात् अधिकांश विदेशी नागरिकहरू छन् ।
सन् २०२५ मा साउदी अरबमा मृत्युदण्डका घटनाले लगातार दोस्रो वर्ष उच्च रेकर्ड कायम गरेको थियो । सन् २०२५ मा अधिकारीहरूले ३५६ जनालाई मृत्युदण्ड दिएका थिए भने त्यसमध्ये लागूपदार्थसँग सम्बन्धित मामिलामा २४३ जना रहेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij