२०८२ मंसिर २१ गते आइतवार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भ्रष्टाचारमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीसहितलाई मुद्दा दर्ता गर्ने तयारी अगाडि बढाएको छ ।
आयोगले अनुसन्धान प्रक्रिया पूरा गरेसँगै मुद्दा दर्ताको प्रक्रिया अगाडि बढाउन लागेको अख्तियार स्रोतले जानकारी दिएको हो ।
पोखरा विमानस्थल निर्माणमा १० अर्ब भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै संसदीय समितिले कारबाहीका लागि अख्तियारलाई छानबिन गर्न निर्देशन दिएको थियो । संसदीय समितिको सिफारिसमा अख्तियारले छानबिन पूरा गरेसँगै अधिकारी सहितलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा चलाउने निर्णय गर्न लागेको हो ।
तत्कालीन सार्वजनिक लेखा समिति मातहत गठित उपसमितिले विमानस्थल निर्माणमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको ठहर गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij