२०८२ मंसिर २१ गते आइतवार
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन् ।
आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनको बैठकले आगामी मंसिर २४ गते विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक राम असिस यादवले जानकारी दिएका छन् ।
यही मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादव आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारीमा छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij