२०८२ मंसिर १६ गते मंगलवार
काठमाडौं । हरेक बर्ष झैँ यस बर्षपनि दराज ११.११, द बिगेस्ट सेल अफ द ईयरले नेपालको सर्वाधिक प्रतिक्षित तथा लोकप्रिय किनमेल पर्वलाई नयाँ उचाइ प्रदान गरेको छ । नोवेम्बर १० ( कार्तिक २४)को राति ८ बजेबाट सुरु भएको यो मेगा सेलमा यस बर्षपनि उल्लेखनिय उपलब्धिहरु प्रदर्शित भएका छन् ।
सन् २०२५ मा आयोजित अन्य सबै दराजका अभियानहरुको तुलना दराज ११.११, द बिगेस्ट सेल अफ द ईयरले २६ प्रतिशत अधिक अर्डर, अभूतपूर्व ट्राफिक बृद्धिका साथै सहजता, भ्याल्यू र विश्वासका लागि अनलाइन किनमेल गर्ने उपभोक्ताहरुका साथै पहिलो पटक यो अनुभव लिनेहरुको समेत सर्वाधिक सहभागिता समेत रहेको थियो । यी सबैको केन्द्रमा प्रिमियम उत्पादनहरुका लागि सत्प्रतिशत प्रमाणित, प्रमाणिक (भेरिफाइड) तथा ब्राण्ड शपिंगका लागि विश्वसनिय गन्तब्यका रुपमा अग्रपंक्तिमा दराजमल रहेको छ ।
दराज एप भित्रै, प्रमाणित र केवल अधिकृत र भेरिफाइड ब्राण्डहरुका लागि छुट्याइएको विशेष स्पेस दराजमलले यस बर्षपनि कन्भर्जन र दिर्घकालिन उपभोक्ताहरुको विश्वास जित्दै असाधारण प्रदर्शनी प्रस्तुत गर्न सफल भएको छ । विगतका सेलहरुका तुलनामा दराजमलमा सम्मिलित ब्राण्डहरुले यस पटक २५ प्रतिशत अधिक आम्दानी, विक्रि संख्यामा १.४ गुणा बृद्धि र प्रडक्ट पेज भिजिटका आधारमा ६५ प्रतिशत सम्मको बृद्धि प्रदर्शित गरेको छ ।
अनुमान गरिएको भन्दा अधिक सफल नतिजाका साथमा यसले नयाँ आन्तरिक बेन्चमार्क समेत स्थापित गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ । प्रमाणिक उत्पादनहरुका लागि बढ्दो माग, बलियो भन्डारण सुविधा, मागको ब्यवस्थापनार्थ उचित बितरण प्रणाली, प्रतिस्पर्धात्मक मूल्य, पर्याप्त डिजिटल भिजिबिलिटी लगायत यसको प्रमुख कारण रहेका छन् ।
प्लेटफर्म भरमै, सियाओमी, ब्राण्डहाउस, प्रोटिन नेपाल र एईबिबी गरी चार दराजमल पार्टनरहरुका सफलताको कथा विशेषरुपमा अदिृतीय रहेको थियो । तिनले रणनैतिक साझेदारी, प्रमाणिक उत्पादनहरु, प्ल्याटफर्मद्वारा प्राप्त भिजिबिलिटी लगायतको सहायता मार्फत नेपालको बढ्दो ई कमर्स इकोसिस्टममा अदृतिय बृद्धि हात पार्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेका छन् ।
सियाओमी: दराज ११.११ मा प्राविधिक श्रेणीको “पावर पर्फरमर ”
इलेक्ट्रोनिक्स श्रेणीमा सियाओमीले दराज ६.६ अभियानको तुलनामा १० गुणा वृद्धि हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ । विशेष मूल्य, उच्च भिजिबिलिटी र मल्टि च्यानल मार्फत चलाइएको एफिलिएट्स तथा इनफ्लुएन्सर एक्टिभेशन मार्फत चलाइएका प्रचार अभियानहरूका माध्यमबाट ब्राण्डले ३० लाखभन्दा बढी भिजिबिलिटी हात पार्न सफल भयो । यसले गर्दा कम्पनीले आफ्ना बेस्ट सेलिंग लाइनअपहरु, रेडमी प्याड टू, रेडमी वाच फाइभ एक्टिभ, रेडमी बड्स सिक्स प्ले र सियाओमी पावरबैंकमा उपलब्ध गराएका आकर्षक डिल्सका लागि निरन्तर भिजिबिलिटी प्राप्त भयो । फोन्स तथा ट्याब्लेटका लागि बजार मूल्य भन्दा औसतमा ८ प्रतिशत कममा उपलब्ध गरिएका प्राइसिंग डिल्स र अडियो वेयरेबल्समा उपलब्ध गरिएको २५ प्रतिशत कम मूल्यको अफरले गर्दा सियाओमीलाई टेक सिकिंग सपर्सका लागि विशेषरुपमा आकर्षित गर्न सफल रह्यो । सेल अवधिभर, दराजमलको अथेन्टिसिटी ग्यारेन्टिले गर्दा उपभोक्ताको आत्मबिश्वासमा थप तेवा पुग्दा यसरी प्राप्त उच्च ईन्ट्रेस्टलाई रेकर्ड ब्रेकिंग कन्भर्जनमा लान सफल भएको हो ।
ब्राण्डहाउसको फेशन अपस्विंग: एडिदास, रिबक र एसिक्स फ्युलले हात पारे उल्लेखनिय बृद्धि
यस वर्षको ११.११ मा ब्राण्डहाउसले उल्लेखनीय बृद्धि हात पार्दै, अप्रिल ४.४ सेलको तुलनामा आफ्नो अर्डरमा ३३३% वृद्धि हासिल गरेको छ । शीर्ष ब्रान्डहरू, साहसी उत्पादन-विस्तार र रणनीतिक भिजिबिलिटीका माध्यमबाट यो सफलता सम्भव भएको हो । कार्यक्रमको दुई हप्ता अगाडि मात्र, ब्रान्डले १६२ नयाँ उत्पादनहरु र ५२३ भेरिएसन थपेर हिउँदे र फिटनेस-श्रेणीका खरिदकर्ताहरूका लागि आफ्नो लाइन-अप अझ बलियो बनाएको थियो ।
यसरी थपिएका प्रमुख उत्पादनहरुमा एडिदासका स्वेटशर्ट र हुडी, एसिक्सकाका जुत्ता र जिम-वेयर, रिबकका फिटनेस एपेरल सहित अघिल्ला बेस्ट-सेलरहरूको रिफ्रेस गरिएको स्टक समावेश थिए । ती मध्यपनि एडिदास ‘हिरो ब्रान्ड’का रूपमा उदाउँदै, कुल अर्डरको ४५% योगदान गरेको थियो । रिबक र एसिक्सले संयुक्त रूपमा कुल अर्डरमध्ये आधाभन्दा बढी माग भित्राउन सफल भएका थिए । यसले प्रिमियम ग्लोबल ब्रान्डप्रतिको बलियो ग्राहक विश्वास झल्काएको छ । यसबाहेक, ब्राण्डहाउसले लेभाइजका न्यू अराइभल्सपनि सूक्ष्मरूपमा छनोट गर्ने कपडा-खरिदकर्ताहरूका लागि प्रस्तुत गरेको थियो ।
ब्राण्डहासले दराज एपभित्र आफ्नो प्लाटिनम पार्टनर भिजिबिलिटीलाई अधिकतम बनाउँदै प्रायोजित सामाजिक सञ्जाल विज्ञापनमा लगानी गर्दै उच्च-खरिद-मनसाय भएका ग्राहकहरूलाई सिधै आफ्नो दराजमल स्टोरतर्फ डाइरेक्ट गरेको थियो । दराजमलले प्रामाणिकता र वारन्टीको आश्वासन दिने भएकाले, ग्राहकहरूले गुणस्तरीय कपडा र स्पोट्र्स-लाइफस्टाइल आवश्यकताका लागि आत्मविश्वासका साथ ब्राण्डहाउस रोजेको प्रष्ट रहेको छ ।
प्रोटिन नेपालको उच्च गतिय बृद्धि
दराज ११.११ मा प्रोटिन नेपालले उच्च–गतिको बृद्धिदर हात पार्दै दराजमल भित्र नेपालको सबैभन्दा छिटो बढ्दै गएको न्यूट्रिशन ब्रान्डको रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ । आक्रामक मूल्य निर्धारण, विस्तृत प्रोमोशन र इनफ्लुएन्सर एक्टिभेसनको सहायताबाट ब्रान्डले दराज ६.६ को तुलनामा करिब तीन गुणा अधिक वृद्धि दर्ता गर्न सफल भएको हो । अफलाइन बजारभन्दा औसत ३०% कम मूल्यमा उत्पादन उपलब्ध गराउने दराजको रणनीतिले प्रोटिन पाउडर र सप्लिमेन्ट्समा विशाल प्रतिस्पर्धात्मक फाइदा सिर्जना गर्यो ।
प्लाटिनम पार्टनरका रुपमा रहेको प्रोटिन नेपालले दराज विज्ञापन, डीएमएस (दराज मार्केटिंग सोल्यूशन्स) र प्रोडक्ट एड्समा बृहत्त लगानी गर्दै ३६०-डिग्री प्रमोशनल अभियान सञ्चालन गरेको थियो । दराज र ब्रान्ड दुवैको संयुक्त पहलबाट फिटनेस इनफ्लुएन्सर र केओएल (कि अपिनियन लिडर्स)को सक्रियतामा २० लाखभन्दा बढी पहुँच हासिल गर्न सफल भएको थियो । यसले देशभरका फिटनेस प्रेमीहरूलाई थप ऊर्जा र प्रेरणा प्रदान गर्दै, न्यूट्रिशनजस्तो संवेदनशील श्रेणीमा दराजमलको भेरिफाइड-सेलर वातावरणले प्रामाणिकतामाथिको भरोसा अझ बलियो बनाउन सघाएको थियो । यही कारण ग्राहकहरूले उच्च आत्मविश्वासका साथ पुनःखरिद समेत गरे, र प्रोटिन नेपाललाई ११.११ को अग्रणी ब्रान्डको रूपमा स्थापित हुन सहयोग मिलेको थियो ।
विश्वास मार्फत प्राप्त एईविबीको सफलता: नेपाली अभिभावकको मन जित्न सफल बच्चाहरुको हेरचाह सामग्री
एईविबीले यस वर्षको ११.११ मा उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै दराज ६.६ को तुलनामा १६२% अर्डर वृद्धि हासिल गर्न सफल रह्यो । कम्पनीले ११.११को अवसरमा उपलब्ध गराएको विशेष मूल्य, नयाँ प्रोडक्ट लन्च र बलियो संयुक्त मार्केटिङ रणनीति यो सफलताका प्रमुख कारकहरु हुन् । चार वर्षअघि दराजमा आफ्नो यात्रा सुरु गरेको एईविबीले यसपटक बेबी-केयर नेतृत्वलाई थप मजबुत बनाउँदै ७१+ प्रोडक्टमा १६% फ्ल्याट डिस्काउन्ट र भाउचर अफर प्रस्तुत गरेको थियो । यसले ठूलो परिमाणमा ट्राफिक र कनभर्जन बढाउन सहयोग मिलेको थियो ।
यी अफरहरूको प्रभाव प्रिमियम डायपर तथा स्किनकेयर लाइनहरूमा समेत प्रस्ट झल्किएको थियो । उच्च प्रभावकारी सामाजिक-सञ्जाल प्रमोशन, मेटा क्याम्पेन र संयुक्त मार्केटिङले ग्राहकहरूलाई निरन्तर दराजतर्फ डाइरेक्ट गर्न सफल भएको थियो । साथै, कम्पनीले ११.११ का लागि दराज एक्स्क्ल्यूजिव बेबी मिल्क फर्मूला पनि सार्वजनिक गर्दै आफ्नो प्रिमियम पोर्टफोलियो विस्तार गरेको थियो । प्लाटिनम पार्टनरका रूपमा डिजिटल च्यानलहरूमा गरिएको व्यापक लगानीले बिक्री अवधिभर उच्च भिजिबिलिटी सुनिश्चित हुँदा दराजमल सँग जोडिएको प्रामाणिकता र विश्वासले अभिभावकहरूलाई आफ्ना बालबालिकाका लागि सुरक्षित र विश्वसनीय एईविबी उत्पादन छान्न निर्णायक रूपमा प्रेरित गरेको थियो ।
दराजमल -नेपालमा ब्रान्ड वृद्धिका लागि शक्तिशाली इन्जिन
सियाओमीको इलेक्ट्रोनिक्स नेतृत्वदेखि ब्राण्डहाउसको फेशन उछाल, प्रोटिन नेपालको न्यूट्रिशन वृद्धि र एईविबीको विश्वासमा आधारित विस्तारसम्म, दराजमलले, ब्रान्डहरू र लाखौँ सक्रिय उपभोक्ताको संयोजन मार्फत ब्रेकथ्रु सफलता सिर्जना गर्न सकिन्छ भन्ने कुरा पूणः प्रमाणित गरेको छ । दराज ११.११ नेपालभरका ब्रान्डहरूका लागि वर्षकै सबैभन्दा ठूलो वृद्धि-अवसरका रूपमा उभिएको छ ।
यस परिवर्तनको केन्द्रमा दराजमल नै रहेको छ, जहाँ खरिदकर्ताले १००% जेन्यूइन उत्पादनहरु पाउँनु हुन्छ र ब्रान्डहरूले पनि आफ्ना ग्राहकहरूसम्म आफ्नो सहज पहुँच विस्तार गर्न सक्नुहुन्छ। नेपालमा दीर्घकालीन डिजिटल वृद्धि खोजिरहेका ब्रान्डहरूलाई दराजमलमा सहभागी भई देशकै सबैभन्दा विश्वसनीय अनलाइन शपिङ इकोसिस्टमको हिस्सा बन्न दराजले आमन्त्रण गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij