Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रहरीमा आजदेखि नयाँ महानिरीक्षकः मन्त्रालयमा दर्ज्यानी चिह्न, प्रधान कार्यालयमा बहाली

प्रहरीमा आजदेखि नयाँ महानिरीक्षकः मन्त्रालयमा दर्ज्यानी चिह्न, प्रधान कार्यालयमा बहाली


  • 834
    Shares

    • images
    प्रहरीमा आजदेखि नयाँ महानिरीक्षकः मन्त्रालयमा दर्ज्यानी चिह्न, प्रधान कार्यालयमा बहाली

    काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आज पदभार ग्रहण गर्दैछन् ।

    केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार गृह मन्त्रालयमा १०ः४५ मा एक संक्षिप्त समारोहबीच गृह सचिव रामेश्वर दङ्गालले महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न (फुली) लगाइदिने कार्यक्रम तय भएको छ । त्यसलगत्तै नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको कार्यकक्षमा बहाली हुने तयारी गरिएको उनले बताए ।

    सोमबारको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३ औं महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । ३२ औं महानिरीक्षक चन्द्रकुवेर खापुङ बुधबार मध्यरात प्रहरी सेवाको ३० वर्षे अवधि पूरा गरी अनिवार्य अवकाश भएका छन् । नवनियुक्त महानिरीक्षक कार्कीको कार्यकाल २०८४ चैत १८ सम्म छ ।

    प्रकाशित मिति :कार्तिक २७ २०८२ बिहिवार - १०:५८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij