Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

उच्चस्तरीय छलफलमा डेडिकेटेड र ट्रकलाइन विवाद समाधानका लागि मध्यमार्गी प्रस्ताव अघि सारियो

उच्चस्तरीय छलफलमा डेडिकेटेड र ट्रकलाइन विवाद समाधानका लागि मध्यमार्गी प्रस्ताव अघि सारियो


  • 505
    Shares

    उच्चस्तरीय छलफलमा डेडिकेटेड र ट्रकलाइन विवाद समाधानका लागि मध्यमार्गी प्रस्ताव अघि सारियो
    images

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सोमबार भएको उच्चस्तरीय छलफलबाट डेडिकेटेड फिडर र ट्रकलाइन शुल्कसम्बन्धी विवाद समाधानका लागि मध्यमार्गी प्रस्ताव अघि सारिएको छ ।

    प्रधानमन्त्री कार्यालयमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, सम्बन्धित सचिवहरू र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालबीच भएको छलफलमा उद्योगी-व्यवसायी र नेपाल विद्युत प्राधिकरणबीच जारी विवादको व्यावहारिक समाधानबारे छलफल गरिएको थियो ।

    छलफलमा उद्योगीहरूले नेपाल विद्युत प्राधिकरणले माग गरेको रकममध्ये २८ किस्तामध्ये एक किस्ताको बराबर रकमलाई ‘किस्ता’ नभई ‘विवादित रकमको धरौटी’का रूपमा बुझाएपछि काटिएको विद्युत लाइन तुरुन्तै जडान गर्ने प्रस्ताव अघि आएको छ ।

    सो अनुसार उद्योगहरूले उक्त धरौटी बुझाएपछि आफ्नो असहमति उल्लेख गरी पुनरावलोकनका लागि निवेदन दिन सक्ने र आवश्यक परे अन्य कानुनी उपचार खोज्ने अवसर पाउनेछन् । सम्बन्धित उद्योगीहरूले प्राधिकरणमा रकम बुझाउँदा नै निवेदनमा आफ्नो असहमति र पुनरावलोकनको माग उल्लेख गर्ने व्यवस्था मिलाइने प्रस्ताव गरिएको छ । 

     

    प्रकाशित मिति :कार्तिक १७ २०८२ सोमवार - १६:५७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij