Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

आज सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ बढ्यो, चाँदीको कति ?

आज सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ बढ्यो, चाँदीको कति ?


  • 596
    Shares

    आज सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ बढ्यो, चाँदीको कति ?
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन आज मंगलबार एकैदिन सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जानकारी दिएको छ । 

    सोमबार छापावाल सुन तोलामा २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको हो । 

    साथै, सोमबार तोलामा ३ हजार २२० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो । 

    प्रकाशित मिति :आश्विन २८ २०८२ मंगलवार - ११:०९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij