Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

करारका शिक्षक कटौती नहुने

करारका शिक्षक कटौती नहुने


  • 379
    Shares

    करारका शिक्षक कटौती नहुने
    images

    काठमाडौं । अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सरकारले अस्थायी तथा करारमा कर्मचारी नराख्ने निर्णय गरेपनि करार शिक्षकको हकमा भने लागू नहुने भएको छ ।

    अर्थ मन्त्रालयको गत असोज ७ को अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा भएको विज्ञप्तिको बुँदा नम्बर (५) को संगठन संरचना सुधार अन्तर्गतको बुँदा (ज) मा नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने भनिएको थियो ।

    यसमा स्थानीय तह र विद्यालयले करार शिक्षकको सन्दर्भमा के हुने भनेर प्रश्न गरेपछि शिक्षा मन्त्रालयले उक्त बुँदा शिक्षकको हकमा आकर्षित नहुने जनाएको हो ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरी उक्त बुँदा शिक्षकको हकमा आकर्षित नहुने जनाएको हो ।

    shikshya-mantralaya.jpg

    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - १४:१९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij