२०८३ कार्तिक १६ गते सोमवार
काठमाडौं । सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको आरोप लगाउँदै विपक्षी दलहरूले तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्न माग गरेका छन्।
सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले संसद्को अधिवेशन तत्काल बोलाउन माग गर्ने निर्णय गरेको हो।
बैठकपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दाम्बेले सुनसरीको कप्तानगञ्ज घटना, गृहमन्त्रीको सम्पत्तिसम्बन्धी प्रतिवेदन सार्वजनिक नगरिएको विषय र सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको विषयमा छलफल भएको जानकारी दिए।
सरकारले अध्यादेशमार्फत शासन गर्न खोज्दा संसद्को औचित्यमाथि नै प्रश्न उठेको उनको भनाइ थियो। त्यसैले संसद्लाई प्रभावकारी बनाउन तत्काल अधिवेशन आह्वान गर्न सरकारसँग माग गर्ने निर्णय गरिएको उनले बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij