Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

विद्यालय गाभ्ने निर्णय रोक्न बाग्लुङका शिक्षकको माग

विद्यालय गाभ्ने निर्णय रोक्न बाग्लुङका शिक्षकको माग


  • 330
    Shares

    विद्यालय गाभ्ने निर्णय रोक्न बाग्लुङका शिक्षकको माग
    images

    काठमाडौं । बाग्लुङ जिल्लास्थित विद्यालय मर्ज (गाभ्ने) र शिक्षकको जबर्जस्ती मिलान गर्ने स्थानीय तहको निर्णयविरुद्ध संघीय शिक्षण अनुदानका शिक्षकहरूले आपत्ति जनाएका छन्। 

    संघीय शिक्षक सिक्का अनुदान बाग्लुङ जिल्लाका अध्यक्ष नवीन शर्माले यस्तो नीतिले बालबालिकाको पठनपाठनमा र शिक्षकहरूको रोजगारीमा गम्भीर असर पर्ने बताएका छन्। विशेषगरी शैक्षिक सत्रको बीचमा विद्यालय गाभ्दा विद्यार्थीहरूलाई अर्को विद्यालयमा सर्दा मानसिक रूपमा कठिनाइ हुने र अध्यापन गराइरहेका शिक्षकहरूको जागिर धरापमा पर्ने उनको भनाइ छ।  

    यससम्बन्धी समस्याबारे शिक्षा समन्वय अधिकारी र सम्बन्धित निकायलाई निवेदन दिई ध्यानाकर्षण गराउने पहल भइरहेको उनले जानकारी दिएका छन्।   

    यदि मागको सुनुवाइ नभएमा माइतीघरमा एक्लै भए पनि धर्ना तथा विरोधका कार्यक्रमहरू गर्ने योजना रहेको उनले बताएका छन्। यो समस्या बाग्लुङ जिल्लाको मात्र नभई समग्र शिक्षा क्षेत्रको भविष्यसँग जोडिएकोले यसलाई हलुका रूपमा नलिन सरकारलाई आग्रह गरिएको छ।

    प्रकाशित मिति :कार्तिक १६ २०८३ सोमवार - १४:५२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij