Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेशनल लाइफ इन्स्योरेन्स र महुली लघुवित्तको सेयर बिक्रीमा, कति कित्ता ?

नेशनल लाइफ इन्स्योरेन्स र महुली लघुवित्तको सेयर बिक्रीमा, कति कित्ता ?


  • 8.9K
    Shares

    नेशनल लाइफ इन्स्योरेन्स र महुली लघुवित्तको सेयर बिक्रीमा, कति कित्ता ?

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको २ वटा कम्पनीको सेयर फेरी लिलाम बढाबढ गरी ब्रिक्री खुल्ला गरेको छ । बैंकलेबाट बिक्री खुल्ला गरेको हो ।

    जसमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४१ हजार ८ सय ९६ कित्ता र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ५६ हजार २ सय ७० संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ । 

    महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको न्युनतम मूल्य प्रतिकित्ता ७ सय ८३ रूपैयाँ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको न्युनतम मूल्य प्रतिकित्ता ४ सय ४९ रूपैयाँ तोकिएको छ ।

    उक्त सेयरमा लगानीकर्ताले आज (वैशाख २७ गते, सोमबार) बाट जेठ १० गतेसम्म न्युनतम एक सय कित्तादेखि अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

    त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - १२:१८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij