Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

भारतमा कोरोना : पछिल्लो २४ घण्टामा ३ लाख ६६ हजारमा संक्रमण, ३७५४ को मृत्यु

भारतमा कोरोना : पछिल्लो २४ घण्टामा ३ लाख ६६ हजारमा संक्रमण, ३७५४ को मृत्यु


  • 6.6K
    Shares

    भारतमा  कोरोना  : पछिल्लो २४ घण्टामा ३ लाख ६६ हजारमा संक्रमण,  ३७५४ को मृत्यु

    भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमति हुनेको संख्यामा केही कमी आएको छ । विगत ५ दिन देखि दैनिक संक्रमित संख्या चार लाख नाघेको भारतमा पछिल्लो २४ घण्टामा भने तीन लाख ६६ हजारमा झरेको छ ।

    भारतीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका १४ लाख ७४ हजार ६ सय ६ परीक्षणमध्ये तीन लाख ६६ हजार १ सय ६१ मा संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा संक्रमित हुनेको कुल संख्या दुई करोड २६ लाख ६२ हजार ५ सय ७५ पुगेको छ ।

    त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ५४ ले संक्रमणका कारण ज्यान गुमाएका छन् । यो सँगै भारतमा संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई लाख ४६ हजार १ सय १६ पुग्यो ।  भारतमा हाल ३७ लाख ४५ हजार २ सय ३७ सक्रिय संक्रमित रहेका छन् ।

    पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने तीन लाख ५३ हजार ८ सय १८ सहित भारतमा संक्रमणमुक्त हुनेको संख्या एक करोड ८६ लाख ७१ हजार २ सय २२ पुगेको छ ।

    त्यसैगरी भारतमा हालसम्म १७ करोड एक लाख ७६ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् । एजेन्सी 

     

    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - ११:४०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij