२०८२ चैत्र १ गते आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ । बैठक केहीबेर अघि सुरु भएको हो ।
बैठकमा पार्टी सभापति रवि लामिछाने स्वास्थ्य अवस्थाका कारण भर्चुअल तरिकाबाट जोडिएका छन् ।
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस र वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन आवश्यक कदमबारे छलफल हुने बताइएको छ।
समानुपातिकतर्फ प्राप्त मतको आधारमा पार्टीले ५७ सिट पाउने छ । प्रत्यक्षतर्फ १२५ सिट जितेकोले प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद रहने भएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij