Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

सात महिनामा वाणिज्य बैंकले कमाए ३८ अर्ब १ करोड, कुन बैंकको नाफा कति ?

सात महिनामा वाणिज्य बैंकले कमाए ३८ अर्ब १ करोड, कुन बैंकको नाफा कति ?


  • 435
    Shares

    • images
    सात महिनामा वाणिज्य बैंकले कमाए ३८ अर्ब १ करोड,  कुन बैंकको नाफा कति ?

    काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो ७ महिनामा ३८ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म २० वाणिज्य बैंकहरूले ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

    गत वर्षको माघ मसान्तसम्म ती बैंकहरूले ३८ अर्ब ८ करोड ७९ लाख रुपैयाँ कमाएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । यस अवधिमा १० वाणिज्य बैंकको नाफा वृद्धि हुँदा बाँकी १० बैंकको नाफा घटेको छ । 

    नाफामा सुधार देखिएका बैंकहरूको ६.६२ प्रतिशतदेखि ३२९ प्रतिशतसम्म नाफा वृद्धि भएको छ भने नाफा घट्ने बैंकहरूको ५.१७ प्रतिशतदेखि ८४।७३ प्रतिशतसम्म नाफा गिरावट भएको छ ।

    चालु आर्थिक वर्षको पहिलो सात महिनाको तथ्यांकलाई आधार मान्दा नबिल बैंक सबैभन्दा धेरै नाफा कमाउन सफल भएको छ। नबिलले ५ अर्ब ३८ करोड नाफा कमाएर पहिलो स्थानमा हात पारेको छ। 

    दोस्रो स्थानमा ग्लोबल आईएमई बैंकले ४ अर्ब १४ करोड नाफा आर्जन गरेको छ । कुमारी बैंकले ३ अर्ब १७ करोड र एभरेष्ट बैंकले २ अर्ब ५० करोड नाफा कमाएका छन्। प्राइम बैंकले २ अर्ब ३९ करोड नेपाल इन्भेष्टमेन्ट बैंक २ अर्ब १९ करोड र एनएमबि बैंकले २ अर्ब १३ करोड नाफा आर्जन गरेका छन्।

    राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८८ करोड, नेपाल बैंकले १अर्ब ८५ करोड, सानिमा बैंकले १ अर्ब ७३ करोड, सिद्धार्थ बैंकले १ अर्ब ७० करोड, ,स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ५६ करोड, हिमालयन बैंकले १ अर्ब ३९ करोड, प्रभु बैंकले १ अर्ब ३६ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब २४ करोड र नेपाल एसबीआई बैंकले १ अर्ब २० करोड नाफा कमाएका छन् ।

    सिटिजन बैंक ५७ करोड ६९ लाख, एनआईसी एशिया बैंक ४४ करोड ३० लाख र लक्ष्मी बैंकले जम्मा २४ करोड २७ लाख मात्र नाफा आर्जन गरेको छ।

    १० वटा वाणिज्य बैंकको नाफा अघिल्लो वर्षको तुलनामा खस्किएको छ। नाफा घट्नेमध्ये सबैभन्दा ठूलो गिरावट लक्ष्मी बैंकमा देखिएको छ, जसको नाफा भारी मात्रामा अर्थात् ८४.७३ प्रतिशतले घटेको छ। 

    नेपाल इन्भेष्टमेन्ट बैंकको ३६.१८ प्रतिशत, सिटिजन्स बैंकको ३६.०९ प्रतिशत, प्रभु बैंकको २५.६६ प्रतिशत नेपाल बैंकको २४.४० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंक १५.१५ प्रतिशत, एनएमबि ९.१२ प्रतिशत, हिमालयन ५.१७ प्रतिशत, एनआईसी एशिया ४.६६ प्रतिशत र एभरेष्ट बैंकको २.६६ प्रतिशत गिरावट आएको छ ।  

    प्रकाशित मिति :चैत्र १ २०८२ आइतवार - १२:३६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij