Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

फिट इन्टरनेशनल फेसबुकसँग सम्झौता गर्ने नेपालको पहिलो डिजिटल मार्केटिङ एजेन्सी

फिट इन्टरनेशनल फेसबुकसँग सम्झौता गर्ने नेपालको पहिलो डिजिटल मार्केटिङ एजेन्सी


  • 7.6K
    Shares

    फिट इन्टरनेशनल फेसबुकसँग सम्झौता गर्ने नेपालको पहिलो डिजिटल मार्केटिङ एजेन्सी
    images

    काठमाडौं । फिट इन्टरनेसनल नेपालमा फेसबुक विज्ञापनको पहिलो आधिकारिक रिसेलर बनेको छ। नेपालमा पहिलो पटक भएको यस्तो साझेदारी डिजिटल मार्केटिङ एजेन्सीको उपलब्धिको रूपमा हेरिएको छ ।

    यो साझेदारीले फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटर र अन्य एजेन्सीहरूका लागि सहज बाटो खोलेको छ। अब नेपाली व्यावसायहरुले स्थानीय ज्ञान, सहयोग र विशेषज्ञताको माध्यमबाट फेसबुकबाट अझ धेरै लाभ लिन सक्नेछन् ।

    पछिल्लो समय फेसबुक विज्ञापनहरू कुनै पनि व्यवसायको लागि एकदम महत्त्वपूर्ण बनेका छन् । तर अहिलेसम्म यस्ता विज्ञापनहरूको भुक्तानी अनौपचारिक रूपमा गरिने हुँदा देशको अर्थव्यवस्थामा क्षति पुग्दै आएको थियो ।

    फेसबुकको अनौपचारिक तथ्यांक अनुसार नेपाली व्यावसायीहरुले फेसबुक विज्ञापनमा हरेक वर्ष लगभग दुई अर्ब खर्च गरिरहेको छन् । जसमध्ये धेरैजसो कारोबार अनौपचारिक रूपमा हुने गरेको छ ।

    फिट र फेसबुकको साझेदारीले फेसबुकमा आउने विज्ञापनहरू अब इनभ्वाइस बिलिङ मार्फत ट्र्याक गर्न सकिनेछ। यससँगै अब नेपाल सरकारले फेसबुक विज्ञापनका लागि गरिएका प्रत्येक लेनदेनको तथ्यांक र हिसाब किताब राख्न सक्नेछ ।

    यसरी औपचारिक माध्यमबाट भुक्तानी गर्ने व्यवस्था भएसँगै देशको राजस्व बढाउनुका साथै सम्बन्धित सबै पक्षहरूका लागि सहजता थपिने विश्वास लिइएको छ । फिट इन्टरनेसनल नेपाली विज्ञापन क्षेत्रमा आफ्नो पहिचान बनाउँदै गरेको संस्था हो ।

    जसले दक्षिण एसियामा डिजिटल मार्केटिङमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ। फिट इन्टरनेसनल फेसबुक विज्ञापनको आधिकारिक बिक्रेता हुनका साथै, ओहो डोमेन, भाइबर बिजनेस मेसेजएज र साउटआउटको पनि बिक्रेता हो ।

    आफ्नो स्थापनादेखि नै फिटले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । कम्पनीका मुख्य कार्यकारी अधिकृत रवि सिंघलले उद्योग ठूलो भएसँगै त्यसले सबैलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

    यो साझेदारी फिट इन्टरनेसनलको तर्फबाट गरिएको भए पनि सबै एजेन्सीहरू र ब्रान्डका लागि एक महत्त्वपूर्ण उपलब्धिको विषय भएको उनको भनाई छ । ‘हामी भविष्यमा पनि उद्योगलाई फाइदा पुर्‍याउने साझेदारी गर्न चाहन्छौँ,’ उनले भने ।

    फिट इन्टरनेसनलले व्यवसायहरूलाई मार्केटिङ र ब्रान्डिङ सम्बन्धी विविध सेवा तथा परामर्श दिँदै आएको छ । नेपालमा डिजिटल मार्केटिङलाई सकारात्मक दिशातर्फ लान फिट इन्टरनेसनल र फेसबुकको साझेदारीले सकारात्मक भूमिका खेल्ने अपेक्षा लिइएको छ ।

    अब फेसबुकमा विज्ञापन गर्न चाहने हरेक व्यवसायले सजिलै अन्तर्राष्ट्रिय भुक्तानी गर्न सक्नेछन् । यसले नेपाल राष्ट्र बैंकको मान्यता प्राप्त गर्नुका साथै आन्तरिक राजश्व विभागको निर्देशिकालाई समेत पालना गरेको छ ।

     

    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - ११:२९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij