Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सिलौटाले हानेर श्रीमानले गरे श्रीमती हत्या

सिलौटाले हानेर श्रीमानले गरे श्रीमती हत्या


  • 4.5K
    Shares

    सिलौटाले हानेर श्रीमानले गरे श्रीमती हत्या

    सर्लाही । घरायसी विवादमा सर्लाहीमा एक व्यक्ति आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

    लालबन्दी नगरपालिका २ नवलपुर घर भई हाल हरिवन ११ मा बस्दै आएका ३५ वर्षीय विजयलाल कर्णले पत्नी ३२ वर्षीया श्रीमती उषा देवी कर्णको हत्या गरका प्रहरीले जनाएको छ ।

    हरिवन नगरपालिका ११ स्थित रामबली साहको घरमा डेरा गरी बस्दै आएका कर्ण दम्पतीबीच आइतबार राति विवाद भएको थियो । सोहि क्रममा विजयलालले मसला पिस्ने सिलौटाले श्रीमती उषाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

    घटना लगतै पति विजयलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शवलाई पोस्टमार्टमको जिल्ला अस्पताल मलंगवा लगिएको र घटनाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - ११:११:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij