Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

आन्तरिक उडानको उच्चतम भाडादर सार्वजनिक, कहाँ कति ? (सूचीसहित)

आन्तरिक उडानको उच्चतम भाडादर सार्वजनिक, कहाँ कति ? (सूचीसहित)


  • 1.0K
    Shares

    आन्तरिक उडानको उच्चतम भाडादर सार्वजनिक, कहाँ कति ? (सूचीसहित)
    images

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानको उच्चतम भाडादर सार्वजनिक गरेको छ ।प्राधिकरणले असोज १६ गते एक सूचना जारी गर्दै आन्तरिक उडानको भडादर सार्वजनिक गरेको हो ।

    प्राधिकरणले सार्वजनिक गरेको भाडादर अनुसार सबैभन्दा धेरै भाडा काठमाडौं-धनगढीको १७ हजार ५७९ रुपैयाँ र सबैभन्दा कम भाडा काठमाडौं-सिमराको ३ हजार ९७८ रुपैयाँ रहेको छ ।

    दशैं, तिहार तथा छठको समयमा हवाई टिकटको अत्यधिक माग भएसगैँ सहज उपलब्धता नभई महँगोमा भाडादरमा समेत बिक्री हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्ने भन्दै प्राधिकरणले देशभित्रका विभिन्न स्थानको अधिकतम भाडादर सार्वजनिक गरेको जानकारी दिएको छ । 

    प्राधिकरणले नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम यात्रुहरूबाट नलिन पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालालाई निर्देशन दिएको छ भने प्राधिकरणले तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

    air.jpg

    प्रकाशित मिति :आश्विन १७ २०८२ शुक्रवार - १४:२८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij