Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

आज गोरखाको भिमसेन थापा गाउँपालिकामा मात्रै ३१ जना संक्रमित थपिए

आज गोरखाको भिमसेन थापा गाउँपालिकामा मात्रै ३१ जना संक्रमित थपिए


  • 6.0K
    Shares

    • images
    आज  गोरखाको भिमसेन थापा गाउँपालिकामा मात्रै  ३१ जना संक्रमित थपिए

    गोरखा। गोरखा जिल्लाको ३ वटा स्थानिय तहमा आज थप ५५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    जिल्लाको भिमसेन थापा गाउँपालिका, पालुङटार नगरपालिका र शहिद लखन गाउँपालिकामा गरी आइतबार थप ५५ जनामा संक्रमण पुष्टी भएको हो ।

    संक्रमण देखिएका मध्ये भिमसेन थापा गाउँपालिकामा ३१ जना, पालुङटार नगरापालिकामा ८ जना महिला र ५ जना पुरुष गरी १३ जना र शहिद लखन गाउँपालिकाको २, ७, ८ र ९ मा गरी ११ जना गरी ५५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

    भिमसेन थापा गाउँपालिका १३ महिला र १७ जना पुरुषमा संक्रमण देखिएको हो । जिल्लामा यो सहित २९१ जना संक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - २०:२९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij