Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

साताको अन्तिम कारोबार दिन घट्यो नेप्से, कारोबार रकम झनै घट्यो

साताको अन्तिम कारोबार दिन घट्यो नेप्से, कारोबार रकम झनै घट्यो


  • 1.0K
    Shares

    साताको अन्तिम कारोबार दिन घट्यो नेप्से, कारोबार रकम झनै घट्यो

    काठमाडौं । आज साताको अन्तिम कारोबारको दिन शेयर बजार सामान्य घटेर बन्द भएको छ । नेप्से परिसूचक २.३५ अंकले घटेर २,६५२ को विन्दुमा कायम भएको छ । 

    आज १०७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२७ कम्पनीको ७९ लाख ५३ हजार ७४० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २६ करोडको शेयर कारोबार भएको छ ।

    बैंकिङ ०.१२, लगानी ०.२१ र व्यापार समूह १.३६ प्रतिशत बढेको । विकास बैंक ०.४४, फाइनान्स ०.५०, होटल तथा पर्यटन १.४९, हाइड्रोपावर ०.०४, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.६३, माइक्रोफाइनान्स ०.०९, निर्जीवन बीमा ०.३९ तथा अन्य ०.४९ प्रतिशत घटेको छ ।

    नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ भने यूनियन हाइड्रोपावरको १८ करोड ३४ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

    9 share.JPG

     

    images
    प्रकाशित मिति :आश्विन ९ २०८२ बिहिवार - १५:३६:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij