Logo

२०८३ कार्तिक १७ गते मंगलवार

२०८३ कार्तिक १७ गते मंगलवार

पतञ्जलिपछि माधव नेपालविरुद्ध अर्को मुद्दा विशेष अदालतमा

पतञ्जलिपछि माधव नेपालविरुद्ध अर्को मुद्दा विशेष अदालतमा


  • 295
    Shares

    पतञ्जलिपछि माधव नेपालविरुद्ध अर्को मुद्दा विशेष अदालतमा
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को मुद्दा विशेष अदालतमा दायर गरेको छ।

    पतञ्जलि जग्गा हिनामिना प्रकरणको मुद्दा विचाराधीन रहेकै अवस्थामा अख्तियारले मंगलबार नेपाललाई प्रतिवादी बनाउँदै नयाँ मुद्दा दायर गरेको हो।

    सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा बढी जग्गा मन्त्रिपरिषद्को निर्णयबाट सट्टापट्टाका नाममा बिक्री गरिएको प्रकरणमा नेपाललाई प्रतिवादी बनाइएको हो।

    तत्कालीन प्रधानमन्त्री नेपाल नेतृत्वको सरकारले २०६६ सालमा इटहरीबाट विराटनगर जाने मुख्य सडकसँग जोडिएको जग्गा बिक्री गर्न अनुमति दिँदै दुर्गम स्थानमा जग्गा सट्टापट्टा गर्न स्वीकृति दिएको आरोप छ। 

    विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले नेपालविरुद्ध मुद्दा आएको पुष्टि गर्दै हाल कागजात रुजु गर्ने काम भइरहेको जानकारी दिएकी छन्। 


    प्रकाशित मिति :कार्तिक १७ २०८३ मंगलवार - १३:१७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij