Logo

२०८३ कार्तिक १७ गते मंगलवार

२०८३ कार्तिक १७ गते मंगलवार

रुपन्देहीमा महिलाको विभत्स हत्या, चार जना पक्राउ

रुपन्देहीमा महिलाको विभत्स हत्या, चार जना पक्राउ


  • 533
    Shares

    रुपन्देहीमा महिलाको विभत्स हत्या, चार जना पक्राउ
    images

    काठमाडौं । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा एक महिलाको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार गत कात्तिक १२ गते कोटहीमाई गाउँपालिका–६ स्थित धानखेतमा ४९ वर्षीया जुबेदा खातुन धोबीको हत्या भएको थियो ।

    कोटहीमाई गाउँपालिका ५ स्थित छोटकी मझगावाँमा बस्दै आएकी जुबेदालाई कोदालो बिँडले प्रहार गरी घाँटीमा हँसियाले काटेर हत्या गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    घटनाको अनुसन्धानका क्रममा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ४० वर्षीय बैजनाथ यादव, २६ वर्षीय मन्जे हरिजन, ३० वर्षीय प्रमोदकुमार कुर्मी र ३५ वर्षीय धर्मराज यादव रहेका छन् ।

    प्रहरीले उनीहरूलाई रुपन्देही जिल्ला अदालतमा पेस गरेकोमा अदालतबाट कात्तिक १६ गते ज्यानसम्बन्धी, करणीसम्बन्धी तथा चोरी र डाँकासम्बन्धी कसुरमा अनुसन्धान गर्न म्याद थप भएको विज्ञप्तिमा उल्लेख छ । 

     

    प्रकाशित मिति :कार्तिक १७ २०८३ मंगलवार - १२:४७:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij