Logo

२०८३ कार्तिक १७ गते मंगलवार

२०८३ कार्तिक १७ गते मंगलवार

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक


  • 337
    Shares

    मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक
    images

    काठमाडौं । सन् २०२६ को दश महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् ।

    जनवरीदेखि अक्टोबरसम्म सार्क राष्ट्रतर्फ दुई लाख ६२ हजार १२ जना र अन्य राष्ट्रतर्फ २८ हजार २७५ जनाले मुस्ताङ जिल्लाको भ्रमण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोमले जनाएको छ ।

    सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा एक लाख ६१ हजार १४१ जना सार्क तथा अन्य राष्ट्रका विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेकामा सन् २०२६ को दश महिनामा ७७.६२ प्रतिशतले पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।

    एक्याप कार्यालयका प्रमुख राजेश गुप्तका अनुसार सन् २०२५ को तुलनामा सन् २०२६ को दुई महिना बाँकी रहँदा एक लाख २३ हजार ४७५ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको जानकारी दिए ।

    एक्याप जोमसोमको पर्यटक तथ्याङ्कअनुसार सन् २०२६ को दश महिना अवधिमा गत वर्षको भन्दा सार्क राष्ट्रतर्फ ९७ प्रतिशतले विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको छ । गुप्तका अनुसार अघिल्लो वर्षको तुलनामा यसवर्षको दुई महिना बाँकी रहँदा सार्क राष्ट्रतर्फ एक लाख २९ हजार १४६ जना विदेशी पर्यटक वृद्धि भएको हो ।

    यसैगरी सन् २०२५ को बाह्र महिनामा २३ हजार ६०४ जना अन्य राष्ट्रका विदेशी पर्यटक मुस्ताङ भित्रिदा सन् २०२६ को दुई महिना बाँकी रहँदा चार हजार ६७१ जना विदेशी विदेशी पर्र्यटक कम भित्रिएका हुन् । जुन अघिल्लो वर्षको भन्दा (१६.५) प्रतिशत कम पर्यटक भित्रिएका हुन् ।

    एक्याप प्रमुख गुप्तले नोभेम्बर र डिसेम्बर दुई महिना बाँकी रहेकाले गत वर्षको भन्दा चालुवर्षमा विदेशी पर्यटक सङ्ख्या कम नहुने उल्लेख गरे ।

    यस वर्ष रसुवागढीको विनासकारी बाढी घटना तथा जोमसोम–कोरला सडक अवरुद्ध, हवाई सेवा स्थगनलगायत मौसम प्रतिकूलाका कारण मुस्ताङको पर्यटनमा आशिंक असर पुगेको थियो ।

    यद्यपि मुस्ताङमा सन् २०२५ को तुलनामा सन् २०२६ मा पर्यटकको सङ्ख्यामा अपेक्षाकृत वृद्धि भएको पाइएको हो । एक्याप जोमसोमका अनुसार सार्क राष्ट्रतर्फ करिब शतप्रतिशत पर्यटक वृद्धि हुनुमा अधिकांश भारतीय पर्यटकको आगमन रहेको उल्लेख गरेको छ । मुक्तिनाथ मन्दिर दर्शनका लागि बर्सेनि भारतीय पर्यटकको सङ्ख्या वृद्धि हुँदै गइरहेको एक्यापको भनाइ छ ।

    यसैगरी अन्य राष्ट्रतर्फ मुस्ताङ भित्रिनेमा राउण्ड अन्नपूर्ण चर्किय पदमार्गको मनाङबाट थोरङ्ला पास हुँदै मुस्ताङ भित्रिनेको सङ्ख्या रहेको एक्यापले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १७ २०८३ मंगलवार - १२:५३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij