२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । साताको दास्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुन तोलामा २ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो सुनको मूल्य तोलामा २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको हालसम्मकै उच्च भएको छ । आज चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २६ सय ५० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij