Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

कनेक्ट आईपीएसमार्फत फ्लाइट तथा बसको टिकट भुक्तानी गर्दा आकर्षक क्यासब्याक तथा छुट

कनेक्ट आईपीएसमार्फत फ्लाइट तथा बसको टिकट भुक्तानी गर्दा आकर्षक क्यासब्याक तथा छुट


  • 1.2K
    Shares

    कनेक्ट आईपीएसमार्फत फ्लाइट तथा बसको टिकट भुक्तानी गर्दा आकर्षक क्यासब्याक तथा छुट

    काठमाडौं । यस चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइट तथा बस टिकटको भुक्तानी कनेक्ट आइपीएसबाट गर्दा आकर्षक “शुभ लाभ अफर” सार्वजनिक भएको छ ।

    जस अन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट तथा बस सेवाको टिकटको भुक्तानी कनेक्ट आइपीएस मार्फत गर्दा भदौ २२ गतेदेखि असोज १८ गतेसम्म आकर्षक क्यासब्याक तथा छुट पाउन सकिनेछ । क्यासब्याक अफर बुद्ध एयर, एयरलाइन्स, यति एयरलाइन्स र बस सेवा ट्राभल एण्ड टुरको टिकट भुक्तानीमा उपलब्ध रहेको छ ।

    बुद्ध एयरको फ्लाइट खरिद गरेर कनेक्ट आइपीएसबाट भुक्तानी गर्दा ग्राहकहरुले रु १०१ क्यासब्याकका साथै ५ लक्की जोडीलाई माउन्टेन फ्लाईट जित्ने मौका पाउन सक्नेछन् । त्यस्तै एयरलाइन्सको फ्लाइट टिकटको भुक्तानी कनेक्टआइपीएसबाट गर्दा रु ५०१ क्यासब्याक प्राप्त गर्न सकिनेछ । साथै, यति एयरलाइन्सको फ्लाइट टिकट भुक्तानीमा “YTCIPS300” प्रोमो कोड प्रयोग गरेर रु ३०० एयरलाइन्सको छुट संगै १० लक्की जोडीले माउन्टेन फ्लाईट जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।

    त्यस्तै बस सेवाबाट टिकट काटेर कनेक्टआइपीएस मार्फत भुक्तानी गर्ने पहिलो १००० ग्राहकहरुले रु ५१ क्यासब्याक प्राप्त गर्नेछन् । यी अफरहरुमा प्रति बैंक खातामा एक पटक मात्र क्यासब्याक प्राप्त हुने भएको छ ।

    कनेक्ट आइपीएस बैंकका ग्राहकहरुका लागि फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक प्रमुख तथा सजिलो माध्यम हो । कनेक्ट आइपीएसको नेटवर्कमा ५२ वटा बैंक तथा वित्तीय संस्थाहरु रहेका छन् ।

     

    images
    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १०:४२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij