Logo

२०८३ कार्तिक १२ गते बिहिवार

२०८३ कार्तिक १२ गते बिहिवार

चाडपर्वको बहार, बजाज वेगोमा ५० हजार रुपैयाँ छुट

चाडपर्वको बहार, बजाज वेगोमा ५० हजार रुपैयाँ छुट


  • 155
    Shares

    चाडपर्वको बहार, बजाज वेगोमा ५० हजार रुपैयाँ छुट
    images

     काठमाडौं । बजाज दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नेपाली ग्राहकका लागि नयाँ बजाज वेगो विद्युतीय तीनपाङ्ग्रे सवारीसाधनमा आकर्षक चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ ।

    ‘चाडपर्वको बहार, वेगोमा ५० हजार’ नारासहित ल्याइएको यस योजनाअन्तर्गत ग्राहकले बजाज वेगो खरिदमा ५० हजार रुपैयाँ छुट पाउन सक्नेछन् ।

    कम्पनीले योजनालाई थप आकर्षक बनाउँदै पुरानो सवारीसाधन साटेर नयाँ बजाज वेगो खरिद गर्ने ग्राहकका लागि ३० हजार रुपैयाँसम्मको थप मूल्याङ्कन सुविधा पनि उपलब्ध गराएको छ ।

    ग्राहकको दीर्घकालीन विश्वास र सन्तुष्टिलाई प्राथमिकता दिँदै बजाज वेगोमा ६ वर्ष वा एक लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी सुविधा प्रदान गरिएको छ ।

    त्यसैगरी, ग्राहकको खरिद प्रक्रियालाई सहज र पहुँचयोग्य बनाउन कम्पनीले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडलाई वित्तीय साझेदारका रूपमा प्रस्तुत गरेको छ ।

    सहज वित्तीय सुविधासँगै ३६ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न सकिने व्यवस्थाले ग्राहकलाई थप सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ ।

    नयाँ बजाज वेगो विद्युतीय तीनपाङ्ग्रे सवारीसाधनमा आधुनिक डिजाइन, शक्तिशाली विद्युतीय मोटर, लिथियम आयन फस्फेट ब्याट्री प्रविधि, आरामदायी यात्रा तथा कम सञ्चालन खर्च प्रमुख विशेषताका रूपमा रहेका छन् ।

    बजाज वेगोले पूर्ण रूपमा चार्ज गर्दा करिब १३० देखि १४० किलोमिटरसम्मको व्यावहारिक यात्रा दूरी प्रदान गर्ने कम्पनीको दाबी छ ।

    यसमा इको तथा पावर राइडिङ मोड, पुनः ऊर्जा सञ्चय गर्ने ब्रेकिङ प्रणाली र उकालोमा सवारीसाधन रोकिराख्न सहयोग गर्ने प्रणालीजस्ता आधुनिक प्रविधि समावेश गरिएका छन् ।

    यी सुविधाले दैनिक व्यावसायिक प्रयोगका लागि सवारीसाधनलाई थप व्यावहारिक, सुरक्षित र भरपर्दो बनाउने कम्पनीको भनाइ छ ।

    योजनासम्बन्धी थप जानकारी, लागू हुने सर्त तथा उपलब्धताबारे बुझ्न ग्राहकले नजिकैको आधिकारिक बजाज तीनपाङ्ग्रे सवारीसाधन बिक्री केन्द्रमा सम्पर्क गर्न सक्नेछन् ।

    प्रकाशित मिति :कार्तिक १२ २०८३ बिहिवार - १७:०६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij