Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

स्कुटरको ठक्करबाट ७० वर्षीय पैदलयात्रीको मृत्यु

स्कुटरको ठक्करबाट ७० वर्षीय पैदलयात्रीको मृत्यु


  • 463
    Shares

    स्कुटरको ठक्करबाट ७० वर्षीय पैदलयात्रीको मृत्यु
    images

    काठमाडौं । कास्कीमा स्कुटरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

    पोखरा महानगरपालिका-२६ अर्घौचोकस्थित सडकमा ग. १३ प २०९४ नम्बरको स्कुटरको ठक्करबाट पर्वत जलजला गाउँपालिका–५ घर भएका ७० वर्षीय मन बहादुर पुनको आइतबार साँझ मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

    स्कुटर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    

     

    प्रकाशित मिति :कार्तिक १६ २०८३ सोमवार - १३:२६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij