Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

लिपमोटरको विश्वव्यापी बजारमा ९ लाख इलेक्ट्रिक सवारी वितरण

लिपमोटरको विश्वव्यापी बजारमा ९ लाख इलेक्ट्रिक सवारी वितरण


  • 232
    Shares

    लिपमोटरको विश्वव्यापी बजारमा ९ लाख इलेक्ट्रिक सवारी वितरण
    images

    काठमाडौं ।  न्यू इनर्जी भेइकल निर्माता लिपमोटरले विश्वभरमा ९ लाख इलेक्ट्रिक सवारीसाधन वितरण गरेको घोषणा गरेको छ। 

    यस वर्षको पहिलो छ महिनामा उल्लेखनीय सफलता हासिल गर्दै लिपमोटरले चीनकै फोच्र्युन चाइना ५०० सूचीमा पहिलोपटक आफ्नो नाम समावेश गराउन पनि सफल भएको छ।

    स्टेलान्टिससँगको साझेदारीमार्फत लिपमोटर इन्टरनेशनल स्थापनापछि कम्पनीले युरोप, मध्यपूर्व, अफ्रिका र एशिया–प्रशान्त क्षेत्रका ३० भन्दा बढी बजारमा प्रवेश गरिसकेको छ। विश्वभर ६०० भन्दा बढी बिक्री तथा सेवा केन्द्र सञ्चालनमा छन्।

    नेपालमा लिपमोटरको आधिकारिक आयातकर्ता सांग्रिला मोटर्स प्रा. लि. (गोल्छा अर्गनाइजेसन) रहेको छ। कम्पनीले नेपाली बजारमा हाल  C10, B10 र T03  मोडल उपलब्ध गराउँदै आएको छ।

    प्रकाशित मिति :भाद्र १२ २०८२ बिहिवार - ११:५०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij