२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । साताको दास्रो कारोबारको दिन सोमबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २१.३० अंकले बढेर २,७६१ को विन्दुमा कायम भएको छ ।
आज १७९ कम्पनीको शेयर मूल्य बढ्दा ७१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१७ कम्पनीको १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७५ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ७६ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको २३ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज अन्य समुहका उपसूचक २.८७ प्रतिशतले घटेको छ भने माइक्रोफाइनान्स १.५९ र विकास बैंक समुह १.१० प्रतिशतले घटेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij