Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

पश्चिम बंगालमा चुनावपछि भड्किएको हिंसामा ज्यान गुमाउनेको संख्या १७ पुग्यो

पश्चिम बंगालमा चुनावपछि भड्किएको हिंसामा ज्यान गुमाउनेको संख्या १७ पुग्यो


  • 6.4K
    Shares

    पश्चिम बंगालमा चुनावपछि भड्किएको हिंसामा ज्यान गुमाउनेको संख्या १७ पुग्यो
    images

    भारतको पश्चिम बंगालामा निर्वाचन परिणाम पछि भड्किएको हिंसामा परेर ज्यान गुमाउनेको संख्या १७ पुगेको छ  । गएको आइतबारदेखि शुरु भएको हिंसामा अहिलेसम्म १७ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    भारतीय जनता पार्टी (बिजेपी) ले अहिलेको हिंसामा तृष्णमूल काँग्रेसको हात रहेको आरोप लगाएको छ । बिजेपीले टिएमसी कार्यकर्ताले बिजेपीका सात कार्यकर्ताको हत्या गरेको आरोप लगाएको छ । अहिले पश्चिम बङ्गालका कैयौं ठाउहरुमा आगजनी गरिएको र तोडफोड गरिएको बताइएको छ ।

    यता टिएमसी सुप्रिमो ममता बेनर्जीले भने बिजेपीले प्रदेशमा आफ्नो हार पचाउन नसकेर हिंसा गरेको आरोप लगाएकी छन् । उनले विजेपीले घटनालाई बढाई चढाई प्रस्तुत गरेर राष्ट्रपति शासन लगाउने प्रयास गरेको आरोप लगाएकी छन् । उनले भनेकी छन्- 'राज्यमा चुनावपछि हिंसा जरुर भएको छ । तर बिजेपीले आगोमा घ्यू थप्ने काम गरेको छ । हिँसा ति ठाउहरुमा भएको छ, जँहा विजेपीले जितेको छ । यस हिंसालाई साम्प्रदायिक रंग दिने प्रयास विजेपीले गरेको छ । तर हामीले यस्तो हुन दिदैनौं ।'

    ममताले प्रदेशको मुख्यमन्त्रीको रुपमा आफ्नो तेस्रो कार्यकालको आजै शपथ लिएर कार्यभार सम्हालेकी छन् । उनी सन २०११ मा ३४ बर्षदेखि शासन गरिरहेको कम्युनिष्ट पार्टीलाई पराजित गरेर सत्तामा आएकी थिइन् । 

    प्रकाशित मिति :बैशाख २२ २०७८ बुधवार - १४:५५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij