२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गतआर्थिक वर्ष २०८१ /८२को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ५ अर्ब शेयर पूँजी भएको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४२ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा १.१६ प्रतिशतले घटेको हो।
कम्पनीले शेयर प्रिमियम सिर्षकमा ४४ करोड ९६ लाख रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ती कोषमा २१ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष २०८०/८१को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा १४ अर्ब २८ करोड रहेको थियो । अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष ३९.०२ प्रतिशतले वृद्धि भएर १९ अर्ब ८५ करोड पुगेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ७ अर्ब ५४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब २१ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीले यस अवधिमा ७ अर्ब १३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २२.०९ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले बीमा पोलिसी धितोमा राखी १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ७५ करोड ४९ लाख कर्जा प्रवाह गरेको थियो ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८.५० रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४८.७१ रुपैयाँ रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij