Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

लगातार तेस्रो पटक पश्चिम बंगालमा ममता बनर्जीले लिइन् मुख्यमन्त्रीको शपथ

लगातार तेस्रो पटक पश्चिम बंगालमा ममता बनर्जीले लिइन् मुख्यमन्त्रीको शपथ


  • 6.3K
    Shares

    लगातार तेस्रो पटक पश्चिम बंगालमा ममता बनर्जीले  लिइन् मुख्यमन्त्रीको शपथ
    images

    भारतको पश्चिम बंगाल विधानसभा निर्वाचनमा प्रचण्ड बहुमत ल्याएपछि ममता बनर्जीले बुधवार तेस्रोपटक मुख्यमन्त्री पदको शपथ लिएकी छन् ।

    ममताको नेतृत्वमा तृणमूल कांग्रेसको सरकारले निरन्तर तेस्रोपटक कार्यकाल चलाउने भएको छ । कोरोनाको निर्देशिकाका कारण शपथग्रहण समारोह छोटो थियो । ममता एक्लैले शपथ लिएकी हुन् । 

    मञ्चमा ममता र राज्यपाल जगदीप धनखड मात्र देखिए । उनीहरूले एकअर्कालाई हात जोडेर नमस्कार गरे । 

    विधानसभामा कुल २९२ सीटमा चुनाव भएको थियो ९दुईवटामा भएन० । तृणमूलले २१३ सीट ल्यायो भने भाजपा ७७ सीटमा समेटियो । तर अघिल्लो चुनावमा जम्मा तीन सीट जितेको भाजपाका लागि यो राम्रो आँकडा हो । एजेन्सी

    प्रकाशित मिति :बैशाख २२ २०७८ बुधवार - ११:५७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij