Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आजबाट नेपाल मोबिलिटी एक्स्पो–२०२५ सुरु, ३५ नयाँ सवारी मोडल पहिलो पटक सार्वजनिक हुँदै

आजबाट नेपाल मोबिलिटी एक्स्पो–२०२५ सुरु, ३५ नयाँ सवारी मोडल पहिलो पटक सार्वजनिक हुँदै


  • 771
    Shares

    आजबाट नेपाल मोबिलिटी एक्स्पो–२०२५ सुरु,  ३५ नयाँ सवारी मोडल पहिलो पटक सार्वजनिक हुँदै
    images

    काठमाडौं ।  नेपाल अटोमोबाइल इमपोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनद्वारा आयोजना भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ।

    प्रविधि, पर्यावरण र नविन सोचलाई एकसाथ जोड्दै आयोजना गरिएको यो प्रदर्शनीले नेपाली मोबिलिटी क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) को आयोजनामा पहिलो पटक हुन लागेको एक्स्पो साउन २५ गतेसम्म चल्ने भएको छ । 

    प्रदर्शनीमा ३५ नयाँ सवारी मोडलहरू पहिलो पटक सार्वजनिक हुँदै छन् भने १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे र ५ वटा व्यावसायिक सवारी (ट्रक, भ्यान, मिनीबस) समावेश रहेका छन्। यस एक्स्पो धेरैजसो मोडलहरू विद्युतीय प्रविधिमा आधारित रहेका छन्।

    ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहने यस एक्स्पोमा एभरेष्ट बैंक लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमुख प्रायोजकका रूपमा छन् ।

    पठाओले ३० प्रतिशतसम्म छुट प्रदान गर्नेछ भने फ्रन्टलाइन हस्पिटलले २४ सै घण्टा आकस्मिक तथा सामान्य स्वास्थ्य सेवा र एम्बुलेन्स उपलब्ध गराउने छ ।

    एक्स्पोलाई अझै रचनात्मक बनाउन नाइमाले अनलाइन भिडिओ प्रतियोगिता सार्वजनिक गरेको छ । साउन २० गतेसम्म सामाजिक सञ्जालमा अपलोड गरिएका भिडिओमध्ये उत्कृष्ट एक जनालाई १ लाख रुपैयाँ पुरस्कार दिइने छ ।

    त्यस्तै, आजदेखि साउन २५ गतेसम्म अपलोड गरिने उत्कृष्ट १० भिडिओलाई जनही १०-१० हजार रुपैयाँ प्रदान गरिने नाइमाले जानकारी दिएको छ ।

    आज दिउँसो २ बजेबाट अनिल केशरी शाहको प्रस्तुतीमा ‘मोबिलिटीः हिजो, आज र भोलि’ विषयक ज्ञान सत्र आयोजना हुने भएको छ । एक्स्पोको टिकट खल्ती बाइ आईएमई एपमार्फत खरिद गर्न सकिने छ । आयोजकको अनुमान अनुसार करिब ८० हजार दर्शकले यो प्रदर्शनी अवलोकन गर्ने छन्।

     

    प्रकाशित मिति :श्रावण २१ २०८२ बुधवार - १०:४८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij