२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । अब सेयर कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ।
नेपाल स्टक एक्सचेन्जले सार्वजनिक सूचना जारी गर्दै नयाँ कारोबार खाता खोल्दा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)को ग्राहक पहिचान (केवाईसी) विवरणमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रुपमा प्रविष्टीको व्यवस्था गर्न आग्रह गरेको छ।
राष्ट्रिय परिचयपत्रका आधारमा ग्राहक पहिचान र सम्पुष्टि गर्ने व्यवस्थाको कार्यान्वयन तथा केवाईसीलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्नुका साथै सोको विवरण विद्युतीय माध्यमबाट प्राप्त गर्न सक्ने व्यवस्थाका लागि नेपाल धितोपत्र बोर्डबाट निर्देशन प्राप्त भएको नेप्सेले जानकारी दिएको छ ।
आफ्नै छुट्टै टीएमएस प्रयोग गरिरहेका कारोबार सदस्यहरुले पनि उक्त व्यवस्था कार्यान्वयनका लागि आवश्यक तयारी गर्न नेप्सेले आग्रह गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij