Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

नेकपा (एमाले), कामपा–१६ वडा कमिटीद्वारा एसइइ उत्तीर्ण विद्यार्थी सम्मानित

नेकपा (एमाले), कामपा–१६ वडा कमिटीद्वारा एसइइ उत्तीर्ण विद्यार्थी सम्मानित


  • 4.3K
    Shares

    नेकपा (एमाले), कामपा–१६ वडा कमिटीद्वारा एसइइ उत्तीर्ण विद्यार्थी सम्मानित
    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) १६ वडा कमिटीले काठमाडौं १६ बाट एसइइ उत्तीर्ण विद्यार्थीहरूलाई एक कार्यक्रमको बिच सम्मान गरेको छ । काठमाडौं १६ स्थित नयाँबजार मल्टिभेन्यूमा ‘एसइइ पास सम्मान’ कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा २१९ जना विद्यार्थीहरु सम्मानित भए ।
     
    नेकपा (एमाले) १६ वडा कमिटीका अध्यक्ष एवम् कार्यक्रमका सभापति जयप्रकाश श्रेष्ठले एसइइ उत्तीर्णपछि उच्च शिक्षा हासिल गर्न लागेका विद्यार्थीहरुलाई आफ्नो पारिवारिक एवम् सामाजिक दायित्व निर्वाह गर्दै उच्च शिक्षा हासिल गर्न प्रेरणा जगाउने उद्देश्यले विगतका वर्षहरुमा झैं यसवर्ष पनि सम्मान कार्यक्रम आयोजना गरिएको बताए ।
     
    2.jpg 
    उक्त कार्यक्रममा उपस्थित विद्यार्थीलाई सम्मान गर्नुअघि प्रमुख अतिथिको रुपमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विदेशीनै पर्ने भए स्नातक तह उत्तीर्ण गरेर मात्रै विदेशी विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न जानु उचित हुने सुझाव दिए । विदेशी रेष्टुरेन्टमा भाँडा माझ्ने सपना त्यागेर स्वदेशमै अवसर खोज्न उपस्थित विद्यार्थीहरुलाई उनले आग्रह गरे । 
     
    नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवम् काठमाडौं जिल्ला कमिटीका इन्चार्ज आनन्द पोखरेलले आफ्नो विद्यालय जीवनमा चकटीमा बसेर खरीमा लेख्ने जमाना भएपनि त्यतिबेला उत्कृष्ट छात्रछात्रा उत्पादन हुने गरेको र आफूले पनि पढाइमा अब्बल नतीजा हासिल गरेको स्मरण गर्दै फेरिएको परिवेश र विज्ञान प्रविधिले फड्को मारेको यो युगमा विद्यार्थीहरुले आफूलाई पनि सामाजिक जीवन र अध्ययनको सवालमा आफूलाई युगअनुकुल ढाल्दै अघि बढ्नुपर्ने बताए ।
     
    3.jpeg
     
    कार्यक्रमका सभापति जयप्रकाश श्रेष्ठले सम्मान कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई अबको यात्रा अझ चुनौतीपूर्ण र जिम्मेवारीपूर्ण हुने बताउँदै  निरन्तर मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्न सुझाव दिए । 
     
    आफ्नो सफलतामा शिक्षकगण र अभिभावकको योगदान विद्यार्थीहरुले भुल्न नुहुने बताउँदै उनले सम्मान र बधाई प्राप्त गरिरहँदा आफ्नो शिक्षक र अभिभावकलाई पनि सोही अनुसारको सम्मान र आदर दिन सुझाए ।
     
    कमिटीका सचिव रणेन्द्र महतद्वारा संचालन गरिएको उक्त कार्यक्रममा नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका उपाध्यक्ष विश्वराम सापकोटा एवम् सोही पार्टीका काठमाडौं जिल्ला कमिटीका सदस्य एवम् १६ वडा ईन्चार्ज लक्ष्मी रत्न तुलाधरले पनि उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गरेका थिए भने र नेकपा (एमाले) १६ वडा कमिटीकी उप–सचिव लुना श्रेष्ठले उक्त कार्यक्रममा उपस्थित महानुभावहरुलाई मन्तव्यमार्फत स्वागत गरेकी थिइन् । 
    4.jpeg

     

    images
    प्रकाशित मिति :श्रावण ११ २०८२ आइतवार - १४:३४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij