Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

भारतको कर्नाटकामा अक्सिजनको अभाव, २४ जनाको मृत्यु

भारतको कर्नाटकामा अक्सिजनको अभाव, २४ जनाको मृत्यु


  • 5.8K
    Shares

    भारतको कर्नाटकामा अक्सिजनको अभाव, २४ जनाको मृत्यु
    images

    भारतको कर्नाटकास्थित एक सरकारी अस्पतालमा अक्सिजनको अभावका कारण २४ जना बिरामीको  मृत्यु भएको छ ।

    कर्नाटकाको चामराजनगर जिल्ला अस्पतालमा अक्सिजनको कमी भएकाले २४ जनाको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

    आइतबार बिहानदेखि सोमबार बिहानसम्ममा २४ जनाले ज्यान गुमाएका हुन् । तीमध्ये १२ जना कोरोना संक्रमित थिए । अरू १२ जनालाई पनि अक्सिजन दिएर उपचार भइरहेको थियो । 

    कर्नाटकाका मुख्यमन्त्री बिएस येदयुरप्पाले यस घटनापछि मंगलबारका लागि क्याबिनेट बोलाएका छन् ।

    उपमुख्यमन्त्री सिएन आसवत नारायण विभिन्न अधिकारीहरूसँग छलफल गरेका छन् । कर्नाटकामा आइतबारमात्रै ३७ हजार ७ सय ३३ नयाँ कोरोना संक्रमित थपिएका थिए । एजेन्सी

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १४:१३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij