Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

विवाह गरेको दुई दिनमै कोरोनाका कारण दुलाहाको मृत्यु

विवाह गरेको दुई दिनमै कोरोनाका कारण दुलाहाको मृत्यु


  • 7.8K
    Shares

    विवाह गरेको दुई दिनमै कोरोनाका कारण दुलाहाको मृत्यु
    images

    भारतको उत्तर प्रदेशमा विवाह गरेको ७२ घण्टापछि दुलाहाको मृत्यु भएको छ । निकै धुमधामले विवाह गरेका ति दुलाहाको मृत्यु कोरोना संक्रमणका कारण भएको हो । 

    विवाह गरेर घर फर्किएपछि उनलाई उच्च ज्वारो आएको थियो । त्यसपछि उनलाई सरकारि अस्पतालमा भर्ना गरिएको थियो । तर अस्पतालमा अक्सिजनको अभावले उसको ज्यान गयो ।

    बिजनौर शहर निवासी अर्जुनले २५ अप्रिलमा विवाह गरेका थिए । तर, उसले आफ्नी भर्खर विवाह गरेकी  दुलहीलाई ७२ घण्टा मात्रै साथ दिन सके ।

    विवाह गरेको दिन उसको स्वास्थ्य स्थिति खासै ठिक थिएन । सुहागरातमा उनलाई उच्च ज्वारो आएसँगै परिवारले सरकारी अस्पतालमा भर्ना गराए । कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । 

    दुई दिनसम्म उसको उपचार चल्यो । तर, अन्ततस् उनलाई चिकित्सकले बचाउन् सकेनन् । हाल उनको परिवार र समुदाय नै निकै भयभित अवस्थामा रहेको छ ।

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १४:०८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij