२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । साताको दोस्रो दिन (सोमबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक ११.३५ अंकको वृद्धि भएको छ । नेप्से ११.३५ अंकले बढेर २६७६.४६ को बिन्दुमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ५२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २९ कम्पनीको शेयरमूल्य बढेको छ भने १२ कम्पनीको शेयरमूल्य घटेको छ । ८ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा ५१ कम्पनीका १६ हजार २६ कित्ता शेयर ३०१ वटा कारोबारबाट ९८ लाख ७१ हजार २९७ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij