Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सुनको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?


  • 1.3K
    Shares

    सुनको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं ।  साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको छ । 

    आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ वृद्धि भएको हो । 

    साथै, आइतबार चाँदीको मूल्य तोलामा २ हजार २८५ रुपैयाँ पुगेको छ । शुक्रबार भने चाँदी तोलामा २ हजार २२० रुपैयाँमा कारोबार भएको थियो । 

    प्रकाशित मिति :आषाढ २९ २०८२ आइतवार - १०:२२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij