२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । पिपुल्स पावरले आज असार २२ गतेदेखि हकप्रद सेयर जारी गरेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।
कम्पनीले हाल कायम चुक्तापुँजी ६३ करोड २६ लाख रुपैयाँको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशतले हुन आउने ३१ करोड ६३ लाख रुपैयाँबराबरको हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर जारी गरेको छ ।
साथै, धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलका र प्रभु बैंकका शाखा इलाम, जावलाखेल, वीरगन्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढीबाट आवेदन दिन सक्ने छन्।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो सेयर’मार्फत साउन ११ गते बैंकिङ समयसम्म आवेदन दिन सक्ने छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij