Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

कतारमा एकै दिन थप ८ जना कोरोना संक्रमितको मृत्यु

कतारमा एकै दिन थप ८ जना कोरोना संक्रमितको मृत्यु


  • 8.4K
    Shares

    कतारमा एकै दिन थप ८ जना  कोरोना संक्रमितको मृत्यु
    images

    रोजगारीको लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको कतारमा केही दिनयता कोरोना संक्रमणदर घट्दै गएको छ ।बुधबार ६९० जनामा देखिएको संक्रमण बिहीबार घटेर ६८७ पुगेको थियो ।

    पछिल्लो २४ घण्टामा ६७६ जनामा संक्रमण पुष्टी भएको छ भने १ हजार ५९३ जना निको भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यस्तै त्यहाँ एकै दिन थप ८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार ३३, ४४, ५०, ५६, ७७, ५७, ६१ र ७७ बर्षीय नागरिकको मृत्यु भएको जनाएको छ । योसंगै कतारमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४५८ पुगेको छ  ।

    कतारमा कोरोना संक्रमितको संख्या २ लाख ५ हजार ६५२ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख ८९ हजार ५४४ रहेको मन्त्रालयले जनाएको छ।

    कतारमा अहिले १५ हजार ६५२ वटा ‘एक्टिभ’ केस रहेका छन् । जसमध्ये ८४९ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचाररत छन् । त्यसमध्ये ३७४ जनाको आईसीयूमा उपचार भैरहेको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् ।

    अहिलेसम्म कोरोनाबाट कतारमा २१ नेपाली श्रमिकले ज्यान गुमाईसकेका छन् । यो समाचार तयार पार्दासम्म १५ लाख ५६ हजार २०३ जनाले कोरोना बिरुद्धको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ ।

    ३३९ जनालाई कारबाही

    कोभिड–१९ रोकथामका लागि सरकारले जारी गरेको सावधानीका उपायहरू उल्लंघन गर्ने ३३९ जनालाई कारबाही गरिएको छ ।

    आन्तरिक मन्त्रालयका अनुसार ३१० जनालाई सार्वजनिक रूपमा मास्क नलगाएकोमा, १ जनालाई मोबाइलमा एहतेराज एप्स प्रयोग नगरेकोमा, २२ जनालाई सामाजिक दूरी कायम नगरेकोमा र बाँकी ६ जनालाई क्वारेनटाइन अवधि बाँकी हुँदै भागेकोमा कारबाही गरिएको जनाएको छ ।

    भाइरस संक्रमणको नयाँ लहर सुरु भएसंगै कतार सरकारले थप प्रतिबन्ध लगाउदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरि थप कडाइ गरिरहेको छ ।

    अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने हजारौं व्यक्तिलाई कारबाही गरिसकिएको मन्त्रालयले जनाएको छ ।

    नियम उल्लंघन गरेको पाइएमा दुई लाख कतारी रियाल जरिवाना र तीन वर्षसम्म कैद सजाय तोकिएको छ ।

    प्रकाशित मिति :बैशाख १८ २०७८ शनिवार - ११:१७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij