Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

गुजरातको कोरोना अस्पतालमा आगलागी : १८ जनाको ज्यान गयो

गुजरातको कोरोना अस्पतालमा आगलागी : १८ जनाको ज्यान गयो


  • 7.0K
    Shares

    गुजरातको कोरोना अस्पतालमा आगलागी : १८ जनाको ज्यान गयो
    images

    भारतको एक कोरोना अस्पतालमा आगलागी हुँदा १८ जना कोरोनाका बिरामीको ज्यान गएको छ ।

    गुजरातको भरुच अस्पतालमा भएको आगलागीमा १८ जनाको ज्यान गएको र केहीको अवस्था थाहा हुन नसकेको बीबीसीले जनाएको छ ।

    ५० जना बिरामी रहेको अस्पतालमा राति एक्कासी आगलागी भएको र केहीको उद्धार गरिएको खबरमा उल्लेख छ । भरुचका एसपी राजेन्द्रसिंह चुडासामाका अनुसार केही व्यक्ति हराइरहेका छन् ।

    भारतकै महाराष्ट्रमा अघिल्लो हप्ता पनि कोरोना अस्पतालमा भएको आगलागीमा १३ जनाको ज्यान गएको थियो ।

    प्रकाशित मिति :बैशाख १८ २०७८ शनिवार - १०:४१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij